किशोर किशोरी तथा युवतीका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि अभिमुखिकरण तालिम

देवदह // रुपन्देहीको देवदहमा किशोर किशोरी तथा युवतीका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। सो कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाको आयोजनामा श्री महामाया भवानी मा.वि को सभाहलमा भएको थियो।

बिज्ञापन

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले यस संस्थाले स्थानीय सरकारले गर्नु पर्ने कार्यहरु तथा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको बताउदै संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो। जुन उद्देश्यका साथ कार्यक्रम आयोजन भएको छ त्यो पूरा हुने कुरामा आसाबादी रहेको बताउनुभयो।

कार्यक्रममै बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले तालिममा सिकिसकेका कुरालाई आफ्नो घर छमेकमा पनि अरुलाई जानकार गराउन आग्रह गर्नुभयो। उहाले समाजमा घट्ने विभिन्न घटना लाई न्यूनीकरण करण गर्न वडा कार्यालय हरदम तयार रहेको बताउनुभयो।

बिज्ञापन

सोही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष छबिलाल बि.क, श्री महामाया भवानी मा.वि का प्रधानाध्यापक ऋषिश्वर आर्यालले किशोर किशोरीले तालिम सक्दै गर्दा उनिहरुले बनाएका कार्ययोजनाहरुलाई एकीकृत गरेर विद्यालयको बार्षिक क्यालेन्डरमा समावेश गर्ने कुरा व्यक्त गरेका थिए।

प्रशिक्षार्थीको तर्फ बाट बोल्दै रोशन चौधरी, दिपक न्यौपाने, पुर्णिमा रिजाल र सन्ध्या विश्वकर्माले परिवर्तन आफुबाट सुरु गर्नुपर्ने रहेछ, लैङ्गकितामा आधारित हिंसाको असरहरु र प्रभावहरु, मानिसमा हुने सामाजिक, शारीरिक परिवर्तन, टिम वोर्कको महत्त्व, प्रतिवेदन लेखन जस्तो महत्त्वपूर्ण कुराहरु सिक्न जान्न पाएकोमा खुशी व्यक्त गरेका थिए।कार्यक्रमको सहजीकरण विकास थापाले गर्नुभएको थियो। पहिलो चरणमा बिद्यालय स्तरका बाल क्लबका विद्यार्थी र आज दोश्रो चरणमा किशोर किशोरी तथा युवतीहरुको लागि अभिमुखिकरण तालिम सम्पन्न भएको संस्थाकि कर्मचारी एलिना हमालले बताउनुभएको थियो।

कार्यक्रममा नेपाल बाल संगठनका जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, आयोजक संस्थाका कर्माचारी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता,संस्थाको व्यवस्थापक मेनुका न्यौपानेको स्वागत र गल्स फस्ट फण्ड कार्यक्रमको संयोजक रोशी गुरुङ र एलिना हमालको सञ्चालनमा भएको थियो।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन