अमेरिकी फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिन्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् ।
उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । निकै साहासी फोटोपत्रकार पवलोस्कीले ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको वेभसाइटमा जनाएकी छिन् । जसलाई अमेरिकी दूतावास नेपालको आधिकारिक फेसबुक पेजमा पनि सार्वजनिक गरिएको छ ।
तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पार्दा मौसम असाध्यै अप्रत्यासित रहेको उनल बताएकी छिन् । उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो भन्ने आँटले यो काम गर्न सफल भएको बताउँदै हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । अन्तत बिहानीपखको गोधुली साँझ र मिर्मिरमा उनले हिउँ चितुवा निकै आकर्षक दृश्य खिचेर आज संसारलाई देखाइन् ।
फोटो: किटी पवलोस्की