कालिका शैक्षिक सफलताबाट देशकै उचाईमा पुगेको छ : विष्णु पौडेल

तस्विर: स्वस्तिक श्रेष्ठ

बुटवल । नेकपा एमाले उपाध्यक्ष एंव पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलको कालिका मानवज्ञान मावि शैक्षिक सफलताबाट देशकै उचाईमा पुगेको भन्दै शिक्षा क्षेत्रको गहनाका रुपमा देशमै महत्वपूर्ण पहिचान बनाएको बताउनु भएकाे  छ ।

बुटवलमा रहेकाे कालिका मानव ज्ञान माबिको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको शनिबार उदघाटन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे । ‘कालिका शैक्षिक सफलताबाट देशमा नै उचाईमा पुगेको छ’-उहाँले भन्नेुभयाे । संख्यात्मक र गुणात्मक दुबैमा विद्यालयले फड्को मार्न सफल भएको उहाँकाे दाबी थियाे ।

विद्यालयमा भर्नामा आकर्षण हेर्दा यहाँको क्षमता थेग्न नसकेको अवस्था छ । आगामी भौतिक र दक्ष ब्यवस्थापन अघि बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयाे । विगतका यात्रालाई सम्झने र नयाँ बाटो कोर्ने पाटाका रुपमा वार्षिकोत्सव दिवस हुने गरेको उहाँले बताउनुभयाे ।

कालिका मावि २०७१ सालदेखि प्राविधिक विषयमा नेपाल प्रथम हासिल गरेको हँुदा यो गुम्न नदिने चुनौती सधैभरि रहने बताउदै  सधैभरि प्रथम हुने गरी अठोटमा विद्यालय परिवार लाग्नुपर्ने उहाँकाे सुझाव थियाे ।

विद्यालय परिसरमा राखिएको विद्यार्थीहरुमा अनुसन्धानको क्षेत्रमा निक्कै उत्कृष्ट रहेको उहाँले बताउनुभयाे । विधागत रुपमा उचाईमा पुग्न सक्ने सम्भावना रहेको पौडेलले बताउनुभयाे । विद्यालयलाई आवश्यक सहयोगमा स्थानीय पालिकाबाट समेत निरन्तर सहयोग गर्न उहाँले आग्रह गर्नुभयाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरि, मध्यपश्चिम पृतनाका पृतनापति उपरथि यमप्रसाद ढकाल, बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन, पुर्वअध्यक्ष होम बहादुर गलामी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख माधव प्रसाद बन्जाडे, बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वस्थ्य शाखाका अधिकृत कोपिला ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले अन्य सामुदायिक विद्यालय पनि कालिकाको विकासलाई अनुसरण गरेर अघि बढ्नुपर्ने बताउनु भएकाे थियाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक विकासको पाटोबाट उत्कर्षमा पुगेको बताउनु भयाे । कालिकामा ८ हजार ५३ जना विद्यार्थीहरु अध्ययन गर्ने देशकै सबैभन्दा धेरै विद्यार्थी भएको उहाँले दाबी गर्नुभयाे । देशमा रहेका ४२२ वटा नमुना विद्यालयमध्ये कालिका सर्वोत्कृष्ट विद्यालयमा पर्दछ । असल अभ्यासहरुलाई अपनाउँदै आएको उहाँले बताउनुभयाे । देशका विभिन्न विद्यालयका १८ हजार बढी शिक्षकहरु असल अभ्यासका बारेमा अध्ययन गरेको उहाँले बताउनुभयाे । ३४० जना शिक्षकहरुको निरन्तर मेहनतको प्रतिफलकै कारण अहिलेको अवस्थामा पुगेको उहाँले बताउनुभयाे । विद्यालयमा ५४ वटा अक्षयकोषहरु छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालय परिवारको योगदान र समाजका सबै पक्षबाट पाएको सहयोगकै कारण शिक्षामा उचाई चुम्न पाएको  बताउनुभयाे

विद्यालयमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका समाजसेवी राम बहादुर गुरुङ, मिनकुमारी गुरुङ दम्पतीलाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडेले बताउनुभयाे ।

विद्यालयका शिक्षक सुदर्शन रेग्मीले योगिकुटीमा समाजसेवीहरु मिलेर विश्वशान्ति प्रावि स्थापना गरेको बताउनुभयाे। स्वर्गीय मान बहादुर गलामी स्थापनाकालका प्रधानाध्यापक रहेको बताउनुभयाे । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरेका थिए । विद्यालयको कालिका मुखपत्रको १३ औ अंक विमोचन गरिएको थियाे ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण