कामना सेवा विकास बैंकको १६ औं वार्षिकोत्सव सम्पन्न

बिज्ञापन

कामना सेवा विकास बैंक लि. को १६ औं वार्षिकोत्सवको अवसरमा बैंकले सप्ताहाब्यापी कार्यक्रम आज सम्पन्न गरेको छ। बैंकको क्षेत्रिय कार्यलय बुटवलले आयोजना गरेको कार्यक्रममा बुटवल आसपासका सञ्चालक, पुर्व सञ्चालक, संस्थापक लगानीकर्ता तथा बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थितीमा शुभकामना आदान प्रदान साथै केक काटेर आफ्नो वार्षिकउत्सव मनाएको छ ।

बिज्ञापन

उक्त कार्यक्रमको अध्यक्षता बैकंका सञ्चालक समिती सदस्य श्री भिम प्रसाद तुलाचनले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रमुख मोहनदत्त खनालले गर्नुभएको थियो । कार्यक्रममा पुर्व सञ्चालक पर्शुराम पाण्डेले स्वागत मन्तव्य दिनु भएको थियो र संस्थापकहरु श्री कृष्ण पौडेल, रुपकेशरी बज्राचार्य, त्रिलोचन पौडेल, मित्रलाल न्यौपाने, कमल उदय, डा. कृष्ण प्रसाद न्यौपाने र विमल बहादुर शाक्यले शुभकामना मन्तव्य दिनुका साथै थप गुणस्तरीय एवं भरपर्दो बैकीङ सेवा उपलव्ध गराउदै सम्पुर्ण जनमानसको लोकप्रिय बैकं बन्न सफलहोस भनी शुभकामना दिनुभएको थियो।

कार्यक्रममा बैकंका यस क्षेत्रका शेयरधनीहरु, सञ्चालक, पुर्व सञ्चालक, बुटवल, कोटीहवा, भैरहवा कलस्टर प्रमुख तथा अन्य कर्मचारीको समेत उल्लेख्य उपस्थिती थियो ।

बिज्ञापन

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै