कामना सेवा विकास बैंकद्वारा अग्निरोधक साधन तथा डस्टविन हस्तान्तरण

बिज्ञापन

देवदह // कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल रिजनको खैरेनी शाखा मार्फत देवदह ५ शित्तलनगर स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई शुक्रबार एक कार्याक्रमको आयोजना गरि ३ थान अग्निरोधक साधन (Fire Extinguisher) तथा ५ थान डस्टविन हस्तान्तरण गरेको हो। भविष्यमा हुन सक्ने सम्भावित आगजनीलाई तुरुन्त नियन्त्रण गर्न सकियोस साथै क्याम्पस वरपरको फोहोर व्यवस्थापन तथा वातावरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ डस्टविन हस्तान्तरण गरिएको हो।
उक्त सामाग्रीहरु बैंक तर्फबाट कोटिहवा कलस्टर प्रमुख रवि पौडेलले क्याम्पस प्रमुख मित्रलाल न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो। उक्त कार्याक्रममा सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारी, शिक्षक हरि ढुंगाना, होमनाथ शर्मा, खेमानन्द ज्ञवाली लगायत अन्य शिक्षकहरु साथै बैंकको तर्फबाट शाखा इन्चार्ज सहित बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बिज्ञापन

यससँगै बैंकका कलस्टर प्रमुखले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो र क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीले बैंक ब्यवस्थापनलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।

सम्बन्धित खवर

देवदह बुद्ध पब्लिकमा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान