कांग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ ।

ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी छ ।

कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर छलफलमा जुटेका हुन् ।

छलफलबाट महाधिवेशनका सम्बन्धमा आवश्यक रणनीति बनाइने काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना