कसैकाे विश्वासले अघि बढेका मेरा पाईला… -साहित्य

मस्तिष्कका पानामा छछल्केका तिम्रा यादहरूलाई कपि र कलममा पोखिरहेछु खै कसरी पोखिन सक्लान् ती स्मृतिहरू ‘तिम्रा निम्ति कोर्न म सगँ हजारौँ शब्दहरु छन्, अनि ती एक शब्दमा हजारौँ अर्थहरु । बडो अचम्मको छौँ तिमी, लाग्छ तिमिमा कुनै मायाको जादु छ नत्र यसरी सजिलै कोहि संगै नजिक हुन नसक्ने म किन आज तिमी संगै पुरै जिन्दगी बिताउने सपना देख्दैछु ।

स्वार्थको जाल बुन्नेहरुका बिचमा मायाको जाल बुनि मायाकै दरबारमा ईज्जत संगैको बलियो घरबाट बनाउन सक्ने तिम्रो खुबिलाई मेरो ईज्जत सहितको प्रेमले सम्मान गर्न चाहान्छु । टुट्नु , फुट्नु, लड्नु र उठेर फेरि दौडिनु यो नै वास्तविक जीवनको परिभाषा हो । केही ठाउँमा मेरो खुसी अनि सफलताको जग बसेको छ जुन मेरा परिवारका कारण थियो तर तिमी त्यो बेलामा मलाई साथ दियौं जुन बेला म आफैं सङ्ग हारेर बसेकि थिए । जब तिमिले तिम्रा ती सुन्दर भावनाहरु म माथी पोख्न थाल्छौ तब म आफुलाई पुर्ण भएको अनुभव गर्दछु । फकाउने तिमी भएर होला सानो सानो कुरामा तिमिलाई सताउ मन लाग्छ तर रिसाएर बस्न त म सक्दै सक्दिन त्यो पनि तिमिलाई थाहा छ । प्रेम भित्र रिस , राग , घमण्ड हुनुपर्छ तर स्वार्थ हैन । यी सबैमा बिचमा हाम्रो प्रेम नै पहिलो हुनेछ । जिन्दगी हो सधैं संगै चाहेर पनि नहौंला केही बाध्यताबस कैले काहीँ टाढा हुँदै गर्दा तिम्रो खोजी गर्नु मेरो कर्तव्य हुनेछ । तिमिले मलाई त्यो अधिकार दिनुपर्छ जुन जन्मदिने आमाले पाएकी हुन्छिन्। यसो गर्दै गर्दै यो नसोच्नु कि संखाको बिषय भनि किनकि तिमी मेरो बाबा पछीको संरक्षक बनिरहदा म पनि तिम्रो आमा पछिको प्रेरक हुन चाहान्छु । कसैले सुन्दर प्रेमको बयान गर्दै गर्दा पनि म तिमिलाई नै सम्झिरहेकि हुन्छु । हो म गित संगीत सङै साहित्य प्रेमी मान्छे त्यो भन्दा धेरै प्रेम मैले तिमिलाई गर्न थालेकी छु । तिम्रा हरेक आनि/बानि सगँ तिम्रो दरिलो साथको प्रसंम्शक हुँ म । जब म दुःखमा हुन्छु, जब म एक्लो अनुभव गर्छु तब तिमिले भन्ने गर्छौ- खोला त एकनाशले बग्दैन भने मान्छेको जीवन न हो उत्तरचढाब आउनु स्वाभाविक हो, दुस्ख र पिडाहरु पर्दै र टर्दै जान्छन् बस आत्मबल कमजोर नभए पुग्छ । तिम्रा यिनै साहासिक शब्द अनि दुःखको बेला पाएको तिम्रो साथले मलाई जिन्दगी जीउन सिकाएको हो ।सुनेकी थिए कोहि कसैको साथ अनि मायाले जिन्दगी जीउनमा ठूलो भुमिका खेलेको हुन्छ, आज त्यहि कुराको वास्तविक उदाहरण भएर तिमी आएका छौँ । बिश्वासको डोरि मेरो हातमा थमाईदिदै मलाई खुल्ला आकाशमा उड्ने स्वतन्त्र पंक्षि बनाईदिएकोमा धन्यवाद छ तिमिलाई ।

आमाबाटको संस्कार, बाबाबाटको संघर्ष अनि तिमिबाटको साथ आहा कति प्रिय् छ मेरा निम्ति । तिमि यति धेरै खास हुनुमा पनि ठूलो अर्थ छ , किनकि तिमिले मेरो मात्र होईन म सगैँ मेरो परिवारलाई पनि उत्तैकै माया अनि ईज्जत् गर्न जानेका छौँ । आँखा चिम्लिएर भन्दा पनि आँखा खोलिएका बेलामा देखेका धेरै सपनाहरु छन मैले कतै सपना पूरा हुँदैनन कि भन्दै गर्दा सोचेका काममा ढिला होला तर तिमी हिम्मत नहार्नु तिम्रो साथमा सधैं म हुनेछु भनेर आधार दिने दरिलो खम्बा बनेर उभिएका छौ तिमी । मैले तिमिलाई आफूलाई भन्दा पनि धेरै बिश्वास गर्ने भएर होला तिमिले कतै गल्ती गर्छौ जस्तो नै लाग्दैन तर कुनै दिन अन्जानमै गल्ती भएछ भने पनि तिमी मलाई सम्झिनु । थाहा छ मलाई हाम्रो जातभात , वर्ण , राशी , चिना सबै मिल्नुपर्छ तर मैले त्यो पनि देखेकि छु जस्को सबै कुरा मिलेर नजिक हुँदा पनि विचार नमिलेकै कारण टाढा भएको । यसो भन्दै गर्दा म यो सबै कुराको विपरित हुन खोजेकी होईन तर दुई मुटु एक हुन यी सबै कुरा भन्दा पहिला मन अनि विचार मिल्नु जरुरी हुन्छ । अरुको देखासिकी गरेर ठुलो महलको रहरलाई खुसिले कटौती गरौंला । दुई हात एकसाथ भई बसौँला नि हुँदैन ? बरु मलाई मन नपरेका कुरा तिमी नगरिदिनु , तिमिलाई चित्त नबुझ्ने काम म नगरिदिउँला । तिम्रो सुखदुःखको साथी म अनि मेरा लागि तिमी हुँदा कसो अपुरा होलान् र देखेका ती सुन्दर सपनाहरु। मैले तिमी सगँबाट चाहाने भनेकै साथ , माया , हौसला , ईज्जत संगै दुख-सुख साट्ने थोरै समय न त हाे बाकीँ कुरा त दुई मिलि कमाउला नि । सानो-सानो कुरामा खुसि भेटिन्छ , जहाँ साचो मायाको आभाष हुन्छ । सुख खोज्न दरबार नै चाहिन्छ भन्ने त भ्रम मात्र हो, मैले मेरि आमालाई रातो माटोले लिपेको घरको अगेनाको कोखामा बसेर मकै र भट्ट चपाउदै ठुला ठुला रेस्टुरेन्टको खाना र आराम भन्दा मीठो अनुभुती गरेको देखेकी छु । यो पनि हाम्रो परिवारले सिकाएको एउटा सुन्दर पाठ हो ।

आज आँखा बन्द गरेर बिश्वास गरेको मान्छेले भोलि स्वार्थको जाल रचि आँखा खोलिदिन्छ भन्ने भनाईलाई गलत साबित गरिदिनु है ।

लेख लेख्न रुचाउने म ,तिमी मेरा शब्दहरू पढ्ने तिमी पाठक बनिदिनु है।

मलाई मेरो खुसी कसै सगँ बाढ्ने सामार्थ छैन अब तिमी मेरो मात्रै बनिदिनु है ।

निता भण्डारी, बुटवल

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना