कल सेन्टरबाट १५० बढी युवायुवती नियन्त्रणमा

बिज्ञापन

बुटवल — तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मारी प्रहरीले १५० बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ। कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा हानेको प्रहरीले जनाएको छ। ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिइ ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा छापा मारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बिज्ञापन

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए। आफूहरु घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको उनले बताए।

 

बिज्ञापन

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै