कर्मचारी भर्ना प्रक्रियामा चुक्यो शिवराज नगरपालिका

सनिउल्ला धोबी,कपिलबस्तु।। कपिलवस्तुको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते रोजगार सहायक भर्नाका लागि सूचना प्रकाशित गर्यो।

बिज्ञापन

सूचनामा दरखास्तमा दिने अन्तिम म्याद मिति २०७९ साउन ९ गते तोकियो । पालिकाले साउन ९ गते विदा परे त्यसको अर्को दिन सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गर्यो ।
त्यसपछि मिति २०७९ साउन २५ गते प्रारम्भिक योग्यताको सूचना प्रकाशित गर्यो । नगरपालिकाले सो सुचनामा १० जनाको नाम सहित समाबेश गरेको थियो ।

शिवराज नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ अनुसार नै प्रारम्भिक योग्यताक्रमको सुचि प्रकाशन गर्यो ।

बिज्ञापन

तर शिवराज नगरपालिकाले नै निर्माण गरेको स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को धज्जि उडाउदै ६ दिन ढिलो सूचना प्रकाशन गरेको छ ।

नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को बेवास्ता गर्दै प्रक्रिया अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । मापदण्डमा १० दिन भित्रै सुचि प्रकाशित गर्नु पर्छ भनेर स्पष्ट लेखिएपनि शिवराज नगरपालिकाले ६ दिन ढिलो सूचना प्रकाश्न गरि चुकेको छ ।

दरबन्दी र पदपूर्ति सम्बन्धि प्रारम्भिक योग्यताक्रमको सुचि प्रकशन गर्न बनेको बमोजिम दफा नं ५ को उपदफा (१) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र प्रप्त हुन आएका आबेदन मध्येबाट पदपूर्ति समितिले म्याद समाप्त भएको १० दिन भित्र योग्य ठहरिएका मध्येबाट १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यताक्रम सुचि प्रकाशन गर्ने उल्लेख गरिएको छ ।

तत्कालीन प्रमुख प्रशाकिय अधिकृत गणेश प्रसाद अर्यालले हस्ताक्षर गरेको सुचनामा मापदण्डको ख्यालै नगरी सूचना प्रकाशित गरिएको छ । १० दिन भित्रै प्रकाशन हुनु पर्न सुचना ६ दिन ढिलो प्रकाशित भएको प्रति शिवराज नगरवासी आशंका ब्यक्त गरेका छन ।

दरखास्त दिएकाहरुले सूचना ढिलो प्रकाशित गरेको कार्य गम्भीर विषय भएको बताएका छन । दरखास्त दिएका एकजनाले नाम नबताउने सर्तमा नगरपालिका भित्र आन्तरिक चलखेल भएको बताए । उक्त सुचना केहि जनप्रतिनिधिको आफेपासेको लागि खुलाएको भन्ने आंशका व्यक्त गरे । उनले भने “सुचना ढिलो आयो यो दुखत पक्ष हो, कस्को सेटिङ्गमा यस्तो भयो ?”
उक्त रोजगार सहायकको लिखत परिक्षा अझैसम्म भएको छैन।
शिवराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकिय गणेश अर्यालको सरुवा भइ स्याङ्जाको पुतलीबजार नगरपालिका गइसक्नु भएको छ ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा