कपिलवस्तु जिल्लामा पर्यटन प्रवद्धनको धेरै सम्भावना रहेको छ ; सांसद पन्थी

बिज्ञापन

कपिलवस्तु // कपिलवस्तु जिल्ला पर्यटन प्रवद्धनको धेरै सम्भावना रहेको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनु भएको छ । उहाँले लुम्बिनी, तिलौराकोट, सगरहवा लगायतका क्षेत्रको प्रवद्र्धन र विकासमा बाटो नछेक्न पुरातत्व विभागलाई आग्रह गर्नुभएको छ । वर्षौ सम्म पुरातत्व भन्दै बस्नु परेको भन्दै व्यवस्थित विकासको लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

बिज्ञापन

सोमबार देखि बुद्धकालिन ऐतिहासिक कपिलवस्तुको सगरहवामा हुन लागेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

स्थानियले सगरहवाको संरक्षमा सहयोग नपुर्याएको भए अहिले सगरहवा भरि बस्ती बसिसकेको हुने बताउनुभयो । अब सगरहवामा विभिन्न पार्कहरु निर्माण गर्न लागेको भन्दै सम्पुर्ण पक्षले सकारात्मक ढङ्ग बाट सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

बिज्ञापन

मुर्तिकला कार्यशालाको बारेमा जानकारी दिदै लुम्बिनी विकास कोसका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धीचरण) ले प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरिएको सगरहवाको प्रवदर््धन गर्ने उद्देश्यले उक्त कार्यशाला गर्न लागेको बताउनुभयो । सोम्बार २३ देखि माघ ८ गतेसम्म हुने १५ दिन लामो कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी र कपिलवस्तुको तिलौराकोट नजिकै भएपनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।

त्यस्तै लुम्बिनी विकास कोसका सदस्य सचिव सानुराजा साक्यले लुम्बिनी विकास कोसले लुम्बिनी पछि कपिलवस्तुलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्ध सङ्ग सम्बन्धित क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तिकला विभाग प्रमुख दिनेस्वर महतोले एक जना मुर्तिकारले एक जना सहयोगीका साथ बनाएका मुर्ति अध्यन अवलोकनको प्रमुख गन्तव्य बन्ने बताउनुभयो । साथै जिल्लाकाको विकासमा पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै यसको प्रचार प्रसार गर्न उहाँले आग्रह गर्नु भयो ।

लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलवस्तु नगरपालिका सहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा मूर्तीकला कार्यशाला हुन लागेको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य रामनरेश कोहार, वडा अध्यक्ष दिपक गुरुङ, मुर्तिकला कार्यशाला विज्ञ समिति पोम नारायण पोख्रेल, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन प्राचिन कपिलवस्तु बहुसंरकार मञ्चका उपाध्यक्ष लक्षमण बेल्वासेले गर्नु भएको थियो ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व