कपिलवस्तुमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

कपिलबस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाईमा ट्याक्टर पल्टिदा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मङ्गलवार बिहान ७ बजे दुर्घटना भएको थियो । बालुवा लोड गर्न जान लेबर लिएर हिँडेको खाली ट्याक्टर सडक देखी अन्दाजी ५ मिटर तल खसेको थियो । घटनामा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र वर्ष १६ की वालिका फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बालुवा लिनको लागि बुद्धभूमि ४ बुड्ढी जाने क्रममा बिहान ७ बजे दुर्घटना भएको थियो । यसै गरी घटनामा परी बलराम सुनार, कृष्ण बिक, सरिता थारु र सीमा थारु घाइते भएका छन् । ती मध्ये बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी