कपिलवस्तुको गडगडवामा कोल्ड स्टोर सन्चालनमा

कपिलबस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ६ गडगडवामा कोल्ड स्टोर सन्चालनमा आएको छ।
लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयको ५० प्रतिशत अनुदानमा कुल २ करोड ६० लाख लागतको गुमानसिङ्ग कोल्ड स्टोरेज प्रालि संचालनमा आएको हो। उक्त प्रालीको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले सोमवार उद्घाटन गर्नुभयो।

यस क्षेत्रमा कोल्ड स्टोरको आभावमा कृषकले धेरै नोक्सानी बेहोर्नुपर्ने समस्यालाई ध्यान दिदै २ वर्ष अघि प्रदेश सरकार कृषि मन्त्रालयले गुमानसिङ कोल्ड स्टोरेज प्रालि लाई अनुदान सुनिश्चित गरेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो ।
कोल्ड स्टोर सन्चालनमा आए सङ्गै यस क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी फलफुल उत्पादन गरेर आफुलाइ अनुकुल समयमा बिक्री बितरण गर्न सक्ने छन भने उत्पादन समयमै बिक्री नभएर कुहिदा ब्यहोनुपर्ने आर्थिक नोक्सानीबाट पनि उत्पादक कृषकलाई ठुलो राहत हुने छ ।

कुल ३ सय ५० मेट्रीक टन भण्डारण क्षमता भएको कोल्ड स्टोरमा यस क्षेत्रका कृषकले सर्वसुलभ शुल्कमा आफ्ना उत्पादन चिस्यानका लागि भण्डारण गर्न सक्ने गुमानसिङ कोल्ड स्टोरेज प्रालिका सन्चालक अच्युत टण्डनले बताउनुभयो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने