कञ्चनमा हिंसाबिरुद्धकाे सडक नाटक प्रदर्शन

बिज्ञापन

बुटवल । कञ्चन गाउँपालिकामा लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार सडक नाटक प्रदर्शन गरिएको छ ।

बिज्ञापन

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको हो ।

बिज्ञापन

सडक नाटकमा कलाकारहरुले आफ्नै घरमा पनि महिला हिंसा गर्न नपाईने र गरेमा कारवाहीमात्र होइन समाजमै बदनाम हुने अवस्था आउने लगायतका बिषयमा समुदायलाई सचेत बनाउने गरि सडक नाटक प्रदर्शन गरेका थिए ।

त्यसैगरी विद्यार्थीले लागू औषध सेवन गर्दाको परिणाम, बालविवाह गर्दा हुने दिर्घकालीन स्वास्थ्य असर, बहुबिबाह गर्दा कानुनी दण्डको ब्यवस्था र जरिवाना लगायतका बिषयमा मूख्य कलाकार शूरबीर पण्डित लगायतका कलाकारले नाटकमार्फत सन्देश दिएका छन । सडक नाटककै अवसरमा मन्तब्य ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समय परिस्थति अनुसार हामीले गर्न हुने र नहुने बिषयमा सडक नाटकमार्फत सिकेको बताउँदै सडक नाटकबाट पाएको शिक्षा घर ब्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो । उहाँले सवै प्रकारका हिंसाबाट कञ्चन गाउँपालिकालाई मुक्त गर्ने अभियानमा कञ्चनमा बसोबास गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र नागरिक सवैको साझा दायित्व भएको सम्झाउनु भयो ।

 त्यस अवसरमा कञ्चन गाउँपालिकामा विभिन्न सडक नाटक प्रदर्शन भएको हो । कार्यक्रममा गाउपािलका उपाध्यक्ष मौसमि थापा मगर ,प्रमुख प्रशासकिय अधिकृत सागर गौतम लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व