काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिदा दुई उपप्रधानसहित १९ मन्त्रीले शपथ लिएका छन्।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, पूर्वप्रधानमन्त्रीको पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई, सभामुख देउराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित शीर्ष नेताहरूको सहभागी भएका थिए ।
शपथ कार्यक्रममा नेताहरू मात्रै नभएर कलाकार खेलाडीहरू पनि पुगेका थिए, महानायक राजेश हमाल, क्रिकेटर रोहित पौडेल, सन्दीप लामिछाने, ललित राजवंशी पनि पुगेका थिए।
ओलीले कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रवार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेपछि हिजो प्रधानमन्त्रीमा नियुक्त भएका थिए। ४ दल सहभागी ओली सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।