देवदह । नेकपा एमालेका उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ मा ६० प्रतिशत तहहरुमा बिजय हासिल गर्ने दावी गर्नु भएको छ । उहाले नेकपा एमालेले गरेका काम र भावी योजनाको कारण आम नागरिकहरुले नेकपा एमालेलाई बिजय गराउने बताउनु भयो । नेकपा एमाले कुरा भन्दा बढी काम गर्ने पार्टी भएको कारण पार्टी प्रति आमनारिकहरुको विश्वास रहेको बताउनु भयो ।
नेकपा एमाले देवदह नगर कमिटीद्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ सम्बन्धित अनुशिक्षण कार्यक्रलाई सम्बोदन गर्दै प्रमादेशवाट हटाईएको सरकार जनादेशवाट प्रप्त गर्ने र देशलाई बिकास र समृद्धिको बाटोमा लैजाने बताउनु भयो । उहाले सरकारमा सहभागी दलहरुको गठबन्धनले हार स्वीकार गर्दै एक्लै एमाले संग निर्वाचन लड्न नसक्ने भनेर गठबन्धनका नेताहरु भन्दै हिडेको बताउनु भयो । उपाध्यक्ष पौडेलले आम नागरिकको आकर्षण एमाले प्रति रहेको हुदा सत्ता गठबन्धनले एमालेको जित र गठबन्धनको हार हुने राम्रो जानकारी रहेको बताउनु भयो । संघ र प्रदेशमा रहेका एमालेका जनप्रतिनिधीको पहलमा देवदहमा अस्पताल, स्वास्थ्य चौकी, पुल निर्माण, बाटो कालोपत्रे, लुम्बिनी बौद्ध विश्व बिद्यालय स्थापना हुन सफल भएको बताउनु भयो ।
नेकपा एमालेका जनप्रतिनिधीले जित हासिल गरेका स्थानीय तहहरुको स्वरुपनै परिवर्तन भएको हुदा देवदह नगरपालिकामा समेत जित सुनिश्चित हुने बताउदै सबै नेता कार्यकर्ता एक भएर लाग्न निर्देशन दिनु भयो । उहाले निर्वाचित जनप्रतिनिधीले नागरिकको सेवक बनेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले रुपन्देहीमा रहेका १६ वटा स्थानीय तह मध्य १३ वटामा नेकपा एमालेले जित्ने दावी गर्नु भयो । उहाले देवदहमा प्रमुख उपप्रमुख सहित ६२ सिटनै एमालेको जित सुनिश्चित रहेको बताउनु भयो । नेता विश्वकर्माले बिगतवाट शिक्षा लिएर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाले जननिर्वाचित प्रतिनिधीहरु पार्टी पद्धती भन्दा वाहिर जान नसक्ने हुदा जो उमेदवार भए पनि पार्टीको जित हुने बताउनु भयो । पालिकामा प्रमुख नहुदा काम गर्न अप्mठ्यारो भएको हुदा भने जस्तो काम गर्न बठिनाई हुने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य डा. कृष्ण प्रसाद न्यौपानेले एमालेको सरकार हुदा गरेका कामहरु उल्लेखनीय रहेका बताउनु भयो । उहाले सबै नेता कार्यकर्ता निर्वानमा केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा रुपन्देहीको देवदह नगरपालिका प्रमुख पदका उत्यासी ध्रुव खरेलले आफु बिजय भए पछि सुशासन कायम गर्ने, योजना बनाएर नगरको बिकासमा निरन्तर लागि रहने र प्रतिबद्धता पत्र अनुसार काम गर्ने प्रतिबद्धता जारी गर्नु भयो ।
देवदह नगर अध्यक्ष टिकाराम चापागाईको अध्यक्षतामा सम्पन्न भएको अनुशिक्षण कार्यक्रममा डा. कृष्णप्रसाद न्यौपानेको संयोजकत्वमा निर्देशक कमिटी, प्रकाश अर्यालको संगोजकत्वमा आर्थिक कमिटी, नगर अध्यक्ष टिकाराम चापागाईको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी, प्रेस चौतारीका सदस्य रहेको मिडिया परिचालन समिति, बिकास गहतराजको संयोजकत्वमा युवा संघ परिचालन कमिटी, कृष्ण पौडेलको संयोजकत्वमा अनेरास्वबियु परिचालन कमिटी, अन्जु श्रेष्ठको सम्योजकत्वमा अनेम संघ परिचालन कमिटी गठन गरेको छ ।
नेकपा एमाले देवदह नगरकमिटीका उपसचिव अजय रौनियारको स्वागत र सचिव बिष्णु प्रसाद अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा नगर कमिटी, कडा कमिटी, भुगोलमा रहेका केन्द्र, प्रदेश र जिल्ला कमिटीमा रहनुभएका महानुभावहरुको उपस्थिति रहेको थियो ।