ऐतिहासिक जितगढीः बुटवलको गौरव

बिज्ञापन

बुटवल । बैशाख ७ गते,  २०९ बर्ष अघि आजकै दिन बुटवलको जितगढी किल्लामा नेपाली बीर फौजले अंग्रेजलाई परास्त गरेको दिन । आजको दिन नेपालकै लागि ऐतिहासिक र खुसीको दिन पनि हो । त्यसमाथि समस्त बुटवलबासीका लागि अझै गौरवको दिन हो ।

बिज्ञापन

बुटवलका लागि आजको दिन खुसीको दिनमात्र होइन, ऐतिहासिक दिन पनि हो । बुटवल उपमहानगरपालिकाले केही बर्षदेखि जितगढीमा अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बैशाख ७ गतेलाई जितगढी बिजयोत्सव दिवसको रूपमा मनाउँदै आएको छ । बुटवलको जितगढी किल्लामा भएको नेपाल अंग्रेज युद्धमा उजिरसिंह थापाको कप्तानीमा रहेको नेपाली फौजले अंग्रेजलाई परास्त गरेको थियो । तसर्थ बुटवलको जितगढी किल्ला बीर पुर्खाहरूको पौरख रक्तरञ्जित भएको ऐतिहासिक किल्ला हो ।

जितगढीको इतिहास, यसको गौरव आदिलाई ह्दयंगम गरि जितगढी किल्लालाई विश्व सम्पदामा सुचिकृत गर्नेतर्फ सरकारले अविलम्ब पहल गर्नुपर्छ । जितगढी किल्लाको बिस्तृत उत्खनन बाँकी छ । अतः जितगढीको व्यापक रूपमा पुरातात्वीक खोज अनुसन्धान वा अन्वेषण गरिनुपर्छ । जितगढी युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्दछ । बुटवलको जितगढीदेखि पाल्पाको नुवाकोट गढी सम्मको इलाका र प्राचीन बटौली बजारलाई समेत जोडेर यस क्षेत्रको विकासमा ध्यान दिनु जरुरी छ ।

बिज्ञापन

जितगढीको बिस्तृत गुरुयोजना अझै बनेको छैन । अवका दिनमा जितगढीको बिस्तृत गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल बजारलाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने तथा जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजनाका साथ काम अघि बढाउनु जरुरी छ । बिगतमा धेरैपटक जितगढी संरक्षणको कुरा नउठेको होइन । तर, त्यसको नेतृत्व लिएर काम गर्ने टिमको अभाव थियो । नेपालको यस्तो ऐतिहासिक किल्ला बषौंसम्म बेबारिसे हुनु नेपालकै लागि शोभनीय थिएन । यसमा नेपाल सरकारको त कहिल्यैपनि ध्यान गएन । जेहोस बुटवल उपमहानगरको प्रमुखमा निर्वाचित भएपछि शिवराज सुवेदीले २०७५ सालदेखि जितगढी उत्सव मनाउने परम्परा सुरुवात गर्नुभयो । नेपाली सेनाले समेत जितगढीको बिषयमा चासो र संरक्षणको लागि प्रयास सुरु ग¥यो । फलस्वरूप अहिले जितगढीको स्वरूपमा परिवर्तन आएको छ ।

नेपालको यहीमात्र एक किल्ला हो– जहाँबाट अंग्रेज फौज परास्त भएको थियो । युद्धका दौरानमा नेपाली सेनाका धेरै बीर सपुतको रगत बगेको छ । आज ती बीर सपुतलाई सम्झनु पर्दछ जसले नेपालको भूमि जोगाउन ठूलो योगदान दिए । जितगढी किल्लामा बीरगति प्राप्त गरेका १२ जना सैनिकको जितगढीमा शालिक निर्माण भएको छ । जितगढी युद्ध संग्रहालयको निर्माण भएको छ । अवको दिनमा जितगढीलाई युद्ध स्मारकका रूपमा विकास गर्न सकियो भने यसबाट स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । यसमा दह्रो प्रतिवद्धताको आवश्यकता छ । अब जितगढीमा अंग्रेजसंग लडाईको नेतृत्व गर्ने कर्णेल उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्नेतर्फ अबिलम्ब सरकारको ध्यानाकर्षण होस् ।

त्यसो त बुटवल उपमहानगरले औपचारिकरूपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यो बिषयमा प्रस्ताव गरिसकेको छ । अव ढिला नगरि उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्ने बिषयमा सरकारलाई दवाव दिनु जरुरी छ । जितगढी किल्ला र यस वरिपरीको क्षेत्रको विस्तृत उत्खनन नहँुदा यो क्षेत्रमा रहेका ऐतिहासिक वस्तुहरू अझैपनि ओझेलमा परेका छन् । तसर्थ अझैपनि जितगढी किल्लाको बृहद् उत्खनन आवश्यक छ । यसतर्फ पहल होस् । खासगरि उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्ने र जितगढी किल्लाको अझै बिस्तृत उत्खनन गरि यसको थप इतिहास खोजी गर्नेतर्फ सरकार, बुटवल उपमहानगर र नेपाली सेनाको ध्यानाकर्षण होस् ।

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो