काठमाडौँ । आगामी वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युबबाट हटाइएको छ। बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको फिल्मको सम्पूर्ण प्रचार सामग्री नै युट्युबबाट हटाइएको हो।
फिल्मको तेश्रो गीत आज सार्वजनिक गर्ने तयारी गरिएको थियो। गीत सार्वजनिक हुनुभन्दा अगाडि २ वटा गीत र ट्रेलर च्यानल ह्याक गरेर सामग्री हटाइएको बताइएको छ।
झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको छ।