बुटवल । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ्ग गरेको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउदै ११४ रन मात्र जोडेको थियो ।
जवाफी ब्याटिङ्गमा उत्रेको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउदै पुरा गर्दै ८ विकेटको सहज जित हात पारेको छ ।
नेपालका लागि कुशल भुर्तेलले १९ बलको सामना गर्दै ३२ रन, आशिफ शेखले १८ बलमा ४० रन, कप्तान रोहित कुमार पौडेलले २० बलमा २५ रन नटआउट र सन्दिप जोराले १७ बलमा १९ रनमा अविजित रहे ।
कतार संग मलेसिया ४ विकेटले पराजित भएसंगै समुह ए बाट नेपाल सेमिफाईनल प्रवेश गरेको छ ।