बुटवल । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
सनिवार ओमनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कतारलाई २१० रनको लक्ष्य दिएकोमा
जवाफी ब्याटिङ्गमा उत्रेको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन मात्र जोड्दा नेपाल ३२ रनले विजयी भएकाे छ ।
नेपालको लागि दिपेन्द्र सिंह ऐरीले रनआउट सहित ३ विकेट, गुल्शन झा र ललित राजवंशीले २२ विकेट, अभिनास बोहोरा र कुशल मल्लले एक एक विकेट लिए ।
कतारका करमान खानले १८ रन, मोहम्मद अनाफले २३, मोहम्मद तनभिरले ६३, हिमान्सु राथोडले २२ र मिर्जा अन्नान अलिले रनको योगदान गरे भने अन्यले दोहोरो अंक ल्याउन सकेनन ।
टस जितेर ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतीमा २११ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६४ रन जोडे । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै २१ बलमा ६४ रन सहित नेपालको कुल रन २१० पुगेको हो । मा अविजित रहे । दिपेन्द्रले ७ छक्का र ३ चौका प्रहार गरे ।
ओपनर आसिफ शेखले अर्धसतक प्रहार गरे । उनले ४१ बलमा ५२ रन जोडेर आउट भए । कुशल मल्लले ३५ रन, कप्तान रोहित पौडेलले १८ रन, सन्दीप जोराले ७ रन, कुशल भुर्तेलले १२ रन, गुल्सन झाले ५ रन र विवेक यादवले ५ रनको योगदान गरे । भने सोमपाल कामीले स्ट्राईक नै पाएनन ।
बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए ।