एसीसी प्रिमियर कपमा आज नेपाल हङकङसँग खेल्दै

बिज्ञापन

बुटवल । एसीसी पुरुष प्रिमियर कपअन्तर्गतको खेलमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्दै छ ।

बिज्ञापन

ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलमा पुग्ने छ ।

 

बिज्ञापन

समूह ‘ए’ मा नेपाल, साउदी अरब, मलेसिया, हङकङ र कतार रहेका छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो ।

 

समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् ।

 

यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स ९युएई०, कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ । सो समूहमा कुवेत तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो