एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

बुटवल । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दैछ ।

 

ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेल नेपाली समयअनुसार बिहान ११.४५ मा सुरु हुनेछ ।

समूह ‘ए’ को विजेता बनेको नेपालले आज समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।

 

समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

 

प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त