एसिया कप पनि क्वालिफायर गराउँछौं भन्ने नै थियो सोही अनुसार सफल भयौँ । -देव खनाल

बिज्ञापन

काठमाडौं । एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको  नेपाली  किक्रेट टोलीका कप्तान देव खनालले आफूहरुको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन् ।

बिज्ञापन

मलेसियामा सम्पन्न प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै टोलीले राम्रो प्रर्दशन गर्दै आएको र दुवैमा क्वालिफायर भएपनि आफूहरुको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो टोलीले वल्र्डकप र एसिया कप क्वालिफलायर गर्यौं । मलाई हाम्रो मुख्य टेस्ट अब हुन्छ जस्तो लाग्छ । टेस्ट प्लेइङ राष्ट्रका टोलीहरुसँग अब खेल्नुपर्छ, त्यहीबाट हाम्रो टेस्ट सुरु हुन्छ ।’

बिज्ञापन

उनले सबैले राम्रो प्रर्दशन गरेकै कारण टोलीले यो उपलब्धि हासिल गरेको समेत बताए ।

‘हामी सबैजनाको माइण्डसेट क्लियर थियो । त्यही १४ जनाले टीमले वल्र्डकप क्वालिफायर गरायौं, यही टीमले एसिया कप पनि क्वालिफायर गराउँछौं भन्ने नै थियो । हामी सबै जनाको ध्येय नै टीमलाई क्वालिफायर गराउने थियो । सोही अनुसार टोलीले ग्राउण्डमा प्रदर्शन गरेकै कारण च्याम्पियन भयौं’, खनालले भने ।

एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको नेपाली किक्रेट टोली आज स्वदेश फर्केको हो । क्यानका पदाधिकारी तथा क्रिकेट सर्मथकले फुलमाला र खादाले टोलीलाई विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व