एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान

नेकपा (एमाले) सम्मरीमाई गाउँ कमिटीको भदौ ३० गते सम्पन्न भएको दोस्रो अधिवेशनबाट हद्धिस देवानको अध्यक्षतामा १७ सदस्यीय गाउँ कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । अधिवेशनबाट उपाध्यक्षमा सुधा कुर्मी, सचिवमा लालबधन सिंह, उपसचिवमा केशव मल्लाह, सदस्यमा जलालुद्धिन मुसलमान, मुस्तकिम मुसलमान, सिपारस अली मुसलमान, बदरी बरई, मञ्जुर आलम, रामवृक्ष कुर्मी, सुभान मुसलमान, भानमती केवट, पानमती हरिजन, राजेन्द्र केवट, संगिता केवट, प्रदेशी केवट रहनुभएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य कमल गौतमले मर्चवार क्षेत्रमा विकास चाहेको एमाले मात्रै भएको बताउनुभएको थियो । वहाँले मर्चवार क्षेत्रमा भएको कृषि योग्य जमिनलाई सही रुपले सदुपयोग गरी कृषि पकेट केन्द्र बनाउन आफुले पहल गरेको बताउनुभएको थियो । वहाँले मर्चवार क्षेत्रको सडक निर्माण, सिंचाई प्रणाली, कृषिको आधुनिकीकरण, शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य क्षेत्रको विस्तारका लागि आफु प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराई सकेको र त्यसको लागि आम जनसमुदायले साथ दिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटीका अध्यक्ष यज्ञ गैरेले त्यस क्षेत्रमा निर्माण भएका भौतिक संरचनाको सुरक्षा र संरक्षण गर्न तथा निर्माणाधिन अवस्थामा रहेका र अलपत्र परेका विकास निर्माणका योजनाहरुलाई सम्पन्न गर्न र ब्यवस्थित गर्न खवारदारी गर्ने कामको अगुवाई गर्न नयाँ निर्वाचित पार्टी कमिटीलाई निर्देशन गर्नुभएको थियो । वहाँले मधेशका जनताको समृद्धिका लागि नेकपा एमालेले अगुवाई गर्ने बताउँदै जनताको समस्या समाधानका लागि निरन्तर लाग्न समेत निर्देशन गर्नुभएको थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी उपाध्यक्ष हितराज पन्थी, सचिव चित्रबहादुर कार्की, उपसचिव सुनिता ठठेर, जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक मुस्लिम खाँ, कोटहीमाई गाउँ कमिटी अध्यक्ष राजकुमार गौड, मायादेवि गाउँ कमिटी अध्यक्ष साधुसरण साहनी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा जसपा, राप्रपा, काँग्रेस लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा पार्टी प्रवेश गरेका थिए ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते