एमाले रुपन्देहीद्धारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखिकरण सम्पन्न

रुपन्देही । नेकपा (एमाले) रुपन्देहीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

भदौं ४ गते शनिवार शंकरनगर पार्टी कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा आजको राष्ट्रिय राजनीति र आगामी निर्वाचनको विषयमा पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षित गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपाध्यक्ष पौडेलले जनताको मतले विजयी हासिल गरेका जनप्रतिनिधिहरुले जनताको चाहना बमोजिम काम गर्न निर्देशन गर्नुभएको थियो । स्थानीय तहको कानुनले दिएको अधिकारको सिमाभित्र रहेर काम गर्न वहाँले आग्रह गर्नुभएको थियो । निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको सल्लाह र समन्वयमा आवश्यक कार्यहरु अगाडि बढाउन निर्देशन गर्नुभएको थियो ।

जनप्रतिनिधि शासक नभई जनताका सेवक भएकाले जनतासँग रुखो र नराम्रो ब्यवहार गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको थियो । जनप्रतिनिधिहरु कुनै डर धम्कीसँग नडराउन र कुनै भ्रम तथा षडयन्त्रका विरुद्ध शसक्त रुपले लाग्न निर्देशन गर्नुभएको थियो ।
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री पौडेलले नेकपा (एमाले) का विरुद्ध लागेको गठबन्धनलाई पानीको फोकाको रुपमा परिणत गराई जनताको ताजा जनादेशका साथ मंसिर पछि पुन केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने कुरा समेत बताउनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालले पार्टी र जनप्रतिनिधिहरु बीचको अन्तर सम्बन्ध र कार्य प्रभावकारिताका विषयमा प्रशिक्षित गराउनु भएको थियो । त्यस्तै पार्टीका केन्द्रीय सदस्य, रुपन्देही सहइन्चार्ज तथा बुटवल उपमहानगरपालिकाका पुर्व नगर प्रमुख शिवराज सुवेदीले समृद्वि र समाजवादका आधार निर्माणमा स्थानीय तह र पार्टी दृष्टिकोणको बिषयमा प्रशिक्षित गर्नुभएको थियो । संविधान, स्थानीय तह सञ्चालन ऐन, नियमावली र कार्यविधिको विषयमा कानुनविद विष्णु खनालले प्रशिक्षण दिनुभएको थियो ।

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न भएको उक्त अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा रुपन्देही जिल्ला कमिटीका पार्टी स्कुल विभाग प्रमुख युवराज घिमिरेले प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको उद्देश्य र औचित्यका वारेमा बताउनुभएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सचिव यज्ञ गैरेले गर्नुभएको थियो ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर