एमाले रुपन्देहीको बैठक सम्पन्न, प्रस्तावित बिधान मस्यौदामाथी छलफल चलाउने निर्णय

बुटवल, । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीको आज सम्पन्न बैठकले प्रस्तावित बिधान संसोधन मस्यौदामाथी स्थानीय पालिका स्तरमा छलफल चलाउन मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
बैठकले संगठित सदस्यको नवीकरण विवरण यहि साउन मसान्तभित्र जिल्ला कार्यालयमा पठाउन समेत निर्देशन गरेको छ ।
बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लिला गिरीले पार्टीका हरेक गतिविधि नियमित रुपमा सन्चालन गर्न आब्हान गर्नुभएको थियो । लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहनु भएका गिरीले पार्टी कामलाई कसैले रोक्न भनेर पार्टी गतिविधि रोक्न नरोकिने बताउनु भएको थियो ।
एमाले केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले पार्टीमा आउन चाहनेका लागि बाटो खुल्ला राख्दै पार्टी गतिविधि नियमित रुपमा सकृयताका साथ अगाडि बढाउन निर्देशन गर्नुभएको थियो ।

बिज्ञापन

बैठकमा जिल्ला सह संयोजक एवं आर्थिक बिभाग प्रमुख तेजेन्द्र केसीले हालसम्म भएको आम्दानी तथा खर्चको बिवरण पेस गर्नु भएको थियो ।

नेकपा एमाले रुपन्देही जिल्ला संयोजक शिवराज सुबेदीको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज एकराज बिश्वकर्मा, केन्द्रिय सदस्य नजिर मिया, केन्द्रीय सल्लाहकार नेत्र पन्थी, प्रदेश कमिटी सचिवालय सदस्यहरु भुमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, साबित्रा अर्याल, पुरन गुरुङ लगायत प्रदेश कमिटीका सदस्यहरुको उपस्थितिमा सम्पन्न बैठकले कोभिडको नियन्त्रण र ब्यवस्थापनमा पार्टीका नेता कार्यकर्तालाई आव्हान गरेको छ । उक्त बैठकको सन्चालन जिल्ला सचिव बिश्वराज बरालले गर्नुभएको थियो ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै