बुटवल // नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीको बैठक असार २५ गते शनिवार तिलोत्तमाको कोटिहवामा सम्पन्न भएको छ ।बैठकमा सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले स्थानीय तहको निर्वाचनको नतिजाबाट निराश नभई उत्साहका साथ काममा लाग्न निर्देशन गर्नुभएको थियो । वहाँले पाँच दलिय सत्ता गठबन्धनले राज्यशक्तिको चरम दुरुपयोग गरेर प्राविधिक रुपमा जितेको बताउनुभएको थियो । बैठकका प्रमुख अतिथि समेत रहनुभएका सचिव विश्वकर्माले निर्वाचनमा अप्रत्यासित नतिजा आयो भन्दैमा निराश हुन नहुने भन्दै आम जनताले दिएको साथबाट थप उत्साहित भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
बैठकले आगामी श्रावण महिनामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ भने निर्वाचित जनप्रतिनिधिहरुका बिचमा अभिमुखिकरण तथा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । त्यस्तै संगठित सदस्यहरुको नविकरण गर्ने काम समेत श्रावण मसान्तसम्म सम्पन्न गर्ने गरी कार्ययोजना निर्माण गरेको छ । बैठकले श्रावण मसान्तसम्म जिल्लाभित्रका पार्टी सम्बद्ध सबै जनसंगठनको भेला बैठक र अवधि पुगेका संगठनहरुको अधिवेशन गराउने निर्णय गरेको छ । त्यस्तै जिल्ला अन्तर्गतका विभिन्न निकाय र विभागहरुको समेत बैठक आयोजना गर्ने निर्णय गरेको जिल्ला कमिटी सदस्य तथा संगठन विभाग सचिव बालकृष्ण पाण्डेले जानकारी गराउनुभएको थियो ।
त्यस्तै बैठकमा जिल्ला कमिटीमा मनोनित हुनुभएका सदस्यहरु मञ्जु भुसाल, राजु गौडेल, कृष्ण भुसाल र दिवस थापालाई प्रमुख अतिथिले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको थियो ।
बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरी, पार्टी केन्द्रीय कमिटी सदस्य एवं रुपन्देही इन्चार्ज भुमिश्वर ढकाल, केन्द्रीय कमिटी सदस्य एवं रुपन्देही सहइन्चार्जहरु शिवराज सुवेदी, गोमा आचार्य, सावित्रा अर्याल, एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको आतिथ्यता रहेको उक्त बैठकको सञ्चालन सचिव यज्ञ गैरेले गर्नुभएको थियो ।