एमाले महासचिव पोखरेल दाङ २ बाट सिफारिस

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ निवार्चन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको लागि निर्वाचन उठ्नु हुने भएको छ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नम्वर २ ले आइतबार महासचिव पोख्रेलको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मतरुपमा सिफारिस गरेको छ ।

बिज्ञापन

क्षेत्र नम्वर २ का संयोजक अमरबहादुर खड्काको अध्यक्षत्ता एवं नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले महासचिव पोख्रेललाई आउँदो मंसिर ४ गते हुन लागि रहेको निर्वाचनमा उमेदवार बनाउनका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयोे । क्षेत्र नम्वर २ निर्वाचन परिचालन किमिटीका उपसंयोजक भोजराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दोर्ण वहकरीले गर्नु भएको थियो । सो अबसरमा यस क्षेत्रका सबै जसो एमाले नेताहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका महासचिव पोख्रेलले यस अगाडी दाङ क्षेत्र नम्वर २ क मा प्रदेशसभामा अत्यधिक मतले बिजय प्राप्त गर्नु भएको थियो ।

यस पटक प्रदेश क मा एमालेले बलिभद्र रानालाई उमेदवार बनाउने भएको छ। दाङको विकासको सन्दर्भमा थुप्रै काम गर्नु भएका महासचिव पोख्रेलले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनेलगायतका दिर्घकालिन विकासका थुप्रै कामहरु यस अवधिमा गर्नु भएको छ । जसले गर्दा उहाँको जीत निश्चित् जस्तै भएको सर्वसाधारणहरुको चिया गफमा पनि सुन्न सकिन्छ ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना