एमाले पाल्पा क्षेत्र नम्बर २ को प्रचार प्रसार कार्यालय उद्घाटन

जनक भट्टराई, पाल्पा। नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को प्रचार प्रसार कार्यालयको शनिबार एक कार्यक्रमकाबीच तानसेनमा उद्घाटन भएको छ। नेकपा एमालेका केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।

बिज्ञापन

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यो कार्यालय कोशेढुंगा सावित हुने गैरेले बताउनुभयो । उहाँको नाम पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत एकल रुपमा उम्मेदवारको नाम सिफारिश भएको छ । यस क्षेत्रमा एमालेको जीत सुनिश्चित रहेको उहाँले बताउनुभयो । पार्टीका तर्फबाट सर्वसम्मत एकल उम्मेदवारको रुपमा नाम सिफारिश हुनुले यसको पुष्टि भएको उहाँले स्पष्ट पार्नुभयो । पाल्पाको विकासका लागि एमालेले जीत आवश्यक छ । पहाडी जिल्ला मध्य आफ्नै इतिहास बोकेको पाल्पामा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर विकास गर्ने उहाँले बताउनुभयो । आगामी मंसिरको निर्वाचनपछि पाल्पाको नयाँ गौरवमय इतिहास कायम हुने गरी काम गर्ने गैरेले प्रतिवद्धता जनाउनुभयो ।

क्षेत्र नम्बर २ प्रदेश ‘क’ बाट एमालेका तर्फबाट सर्वसम्मत सिफारिस हुनुभएका उम्मेदवार पर्शुराम भट्टराइले पाल्पा एमालेको लालकिल्ला भएको बताउनुभयो । आगामी निर्वाचनमा एमालेको जीत पक्का हुन्छ । विजेता उम्मेदवारले यहाँका जनताको भवनाअनुरुप काम गर्ने उहाँले बताउनुभयो ।

बिज्ञापन

एमालेका तर्फबाट चुनावी मैदानमा होमिने उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अपिल गर्नुभयो । गठबन्धनका दल र उम्मेदवार नितान्तर दलगत र व्यक्तिगत स्वार्थमा हुने छन् । उनीहरूको नेपाल र नेपालीको हितमा काम गर्ने कुनै एजेण्डा छैन् । सुखी नेपाली, समृद्ध नेपाल बनाउनका लागि एमालेको जीत अपरिहार्य रहेको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रमको सञ्चालन एमाले पाल्पाका कार्यालय सचिव दीपक विश्वकर्माले गर्नुभएको थियो । उहाँका अनुसार यस क्षेत्रका निर्वाचन गतिविधि यस कार्यलयबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा