एमाले देवदह नगर कमिटीको विस्तारित बैठक सम्पन्न

बिज्ञापन

देवदह । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) देवदह नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको विशेष नगर अधिवेशन कार्यदलका संयोजक धु्रवप्रसाद खरेलको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बिज्ञापन

बैठकले देवदह नगर कमिटीको विशेष नगर अधिवेशन माघ १३ गते गर्ने निर्णय गरेको छ । विशेष नगर अधिवेशनमा सहभागिको लागि १२ वटै वडामा एकै दिन छनोट गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधि छनोटको लागि माघ ६ गते शाखा भेला गर्ने निर्णय गरेको संयोजक खरेलले जानकारी दिनु भयो । यसैगरी बैठकले विशेष नगर अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको उहाले जानकारी दिनु भयो ।

बैठकले अधिवेशन सम्पन्न गर्न अधिवक्ता डासीराम पाण्डेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सचिव विश्वकर्माले पार्टीको नीति र विधिलाई कार्यान्वयन जिम्मेवारबोधका साथ गर्नुपर्नेमा जोड दिनु भयो । उहाले संगठन पार्टीका मेरुदण्ड भएकोले संगठन विस्तारलाई बढि महत्व दिएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता विश्वकर्माले नेतृत्वमा अनुशासनको आवश्यक रहेको औल्याउदै कार्यकर्ताहरुको योगदानले मात्र पार्टी अहिलेको अवस्थामा आएको बताउनु भयो । उहाले पार्टीले दिएको जिम्मेवारीलाई ईमान्दारीका साथ निभाउन आवश्यक रहेकोमा जोड दिनु भयो ।

बिज्ञापन

बैठकमा पार्टीका पोलिट व्यूरो सदस्य दधिराम न्यौपाने, प्रदेश कमिटी सदस्य जानकी न्यौपाने, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिव यज्ञप्रसाद गैरे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यदलका सहसंयोजक एवं प्रदेश कमिटी सदस्य विद्यालक्ष्मी गुरुङ्गको स्वागत र देवदह ईन्चार्ज यम रानाको संचालनमा बैठक सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व