एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेकपा (एमाले) गुल्मीको अध्यक्षमा बालसिँह काउछा विजयी भएका छन् । काउछाले अध्यक्षमा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २ सय २ मत ल्याएका थिए ।

उपाध्यक्षमा जीवन खरेलले ३ सय ४८ मत लिएर विजयी भएका छन् । प्रतिस्पर्धी गणेश श्रीपालीले २ सय १२ मत लिए । उनीहरुबीचको मतान्तर १ सय ३६ भयो । सचिवमा धर्म बिश्वकर्मा ३ सय ७१ मत लिएर विजयी भएका छन् भने प्रतिस्पर्धी पदम अर्यालले १ सय ९० मत लिए । मतान्तर १ सय ८१ भएको छ । उपसचिवमा चक्रबन्धु भुसालले ३ सय ४८ मत लिएर विजयी भएका छन् । प्रतिस्पर्धी ओम कार्कीले २ सय १६ लिएर वियी भए । मतान्तर १ सय ३२ भएको छ । समावेशी उपसचिव लक्ष्मी पन्थ सर्वसम्मत चुनिएकी थिइन् ।

अधिवेशनमा जिल्लाभरबाट ६१३ जना प्रतिनिधीमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित भएको छ । अधिवेशनको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी