एमाले केन्द्रीय कमिटी बैठक आज

सिम्रिक आवाज काठमाण्डौ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ। बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने केन्द्रीय सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन केन्द्रित रहेर दुई दिन केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताउनुभयो। ढुङ्गेलका अनुसार बैठकले केन्द्रीय सदस्यलाई आफ्नो क्षेत्रमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिम्मेवारीसमेत बाँडफाँड र भावी रणनीति तय गर्नेछ।

बैठकमा संसदभित्र एमालेले विरोध जारी रहँदारहँदै एमसीसी पारित गरिएको, प्रधानन्यायाधीशविरुद्धको महाभियोग छलफलमा जाँदै गरेको, सरकार अकर्मण्य बनेको, अर्थतन्त्र लथालिङ्ग हुँदै भएकाले सरकारको समग्र कामको समीक्षासहित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने