बुटवल । एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीले २०७४ सालको वर्चश्व फर्काउने उद्घोष गगर्नुभएको छ । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गनुृहुँदै भुसालले एमाले जिम्मेवार भएर अघि बढे ०७४ सालको वर्चश्व फर्किने बताउनुभयो ।
एमालेले समानता, न्याय र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको दाबी गर्दै भुसालले राष्ट्रको प्रतिनिधित्व गरिरहेको एमालेलाई मात्तिने छुट नभएको बताउनुभयो । ‘एमाले जिम्मेवार बन्नुपर्छ । विगत, वर्तमान र भविश्यलाई हेरेर एमाले अघि बढ्नुपर्छ,’उहाँले भन्नुभयो ।
राम्रो राजनीतिक पार्टी भयो भने राष्ट्र बलियो हुने भन्दै भुसालले जातजाति, भाषा, धर्मको प्रतिनिधित्व प्रभावकारी पार्टीले गर्ने बताउनुभयो । ‘लोकतन्त्रमा राष्ट्रको प्रतिनिधित्व पार्टीले गर्छ । यो मुलुकमा एमाले सबैभन्दा बढी समानता र न्यायमा योगदान गरेकाले राष्ट्रको प्रतिनिधित्व एमालेले गरेको छ । गर्छ । गर्नुपर्छ । जिम्मवारीबोध हुनुपर्छ । कमजोरी गर्ने, उत्ताउलो हुने छुट छैन,’ उहाँले भन्नुभयो ।
पार्टी आन्तरिक रुपमा लोकतान्त्रिक हुन सकेन भने राष्ट्रको पनि प्रतिनिधित्व गर्न नसक्ने भन्दै भुसालले थप्नुभयो,‘व्यवस्थित अभ्यास गर्नुपर्छ । न्याय समानता र लोकतन्त्रको जति अभ्यास गर्न सक्छ त्यति नै राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ,’ उहाँले भन्नुभयो ।
बुद्धकै पालादेखि गणराज्यको अभ्यास भएको भन्दै उहाँले एमाले गणतन्त्र र लोकतन्त्र र आन्तरिक लोकतन्त्र सुदृढ गरेर यसैगरी अघि बढे २०७४ सालको वर्चश्व फर्काउने ठोकुवा गर्नुभयो ।
भुसालले अब दलाल पुँजीवादीविरुद्ध लड्नुपर्ने बताउनुभयो । ‘त्यो बाहिर पनि लड्ने हो पार्टीभित्र हो,’ उहाँले भन्नुभयो, ‘यो काम एमालेले गर्नुपर्छ । अरुले गरेर हुँदैन । एमाले आज जिम्मेवार भइदिएन जिम्मेवार भूमिका खेलिदिएन भने के हहुन्छ ? यसमा छलफल होस् । सामाजिक र सांस्कृतिक रुपमा पार्टीले जरा गाडिसकेको एमालेको अभाव अरुले पूर्ति गर्न सक्दैन ।’
लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्ने उहाँले बताउनभुयो । ‘लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्छ । बलियो बनाउनुपर्छ । यही कुरा माधव नेपाललाई बुझाउन सकेनौं । उहाँले आफै बुझिदिनुभएन । किन बुझ्नुभएन ? यो कुरा माधव कमरेडले बुझ्नुपर्छ । समीक्षा गर्नुपर्छ । मबाट के कमी भयो अर्कोबाट के भयो समीक्षा गरौं । कसले गल्ती गर्यो कसले गरेन माधव कमरेडले समीक्षा गर्नुपर्छ । विधानबाट जब हामी समेटिएर व्यवस्थति भएर आउनेछौं, त्यसपछि माधव कमरेडलाई बुझाउन समीक्षा गराउन बाध्य पार्नेछौं । एमाले उठ्छ, धुलो टक्टक्याएर अघि बढ्छ,’ भुसालले भन्नुभयो ।