एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउन माओवादी बाध्य छैन आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो

बिज्ञापन

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । सङ्खुवासभा जिल्लाबाट काँग्रेस र माओवादीले औपचारिक रूपमा गठबन्धन नरहेको घोषणा गरेसँगै नेता आङ्बोले सामाजिक सञ्जालमार्फत आफूहरूको सिद्धान्त काँग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएका हुन् ।

‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौँ,’ आङ्बोले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह छ आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वैच्छिक र खुल्ला गरिदिऊँ ।’

बिज्ञापन

गठबन्धनको बैठकमा होस् वा अनौपचारिक छलफलमा या सार्वजनिक सभाहरूमा काँग्रेसले माओवादीको धेरै अपमान गरिरहेको महसुस गरेर आफूले यसखालको टिप्पणी गरेको उनको भनाइ छ । ‘सबैभन्दा धेरै गठबन्धन काँग्रेसलाई नै चाहिएको छ र भए जति सबै सिट पनि काँग्रेसलाई नै चाहिने भएको छ । यो तादम्यता नै मिलेन नि,’ उनले भने, ‘यो एउटा चुनौतीपूर्ण देखिन्छ । अर्को काँग्रेसभित्रको गुट व्यवस्थापन पनि चुनौतीपूर्ण देखिन्छ । एमालेलाई हराउने ठेक्का माओवादीको जिम्मा होइन । एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी किन बनाउनु पर्‍यो रु संविधान मिचियो, गणतन्त्र खतरामा पर्‍यो, व्यवस्थामा संकट आयो भनेर पो गठबन्धन गरेको त ।’

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना