काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल भवनमा बसेको हो । स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा विधान संशोधनका लागि कार्यदलले तयार पारेको दस्ताबेजमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले एकताको प्रयास जारी रहेको भनेका बेला एकलौटी रूपमा अघि बढेको छ । हिजो बोलाइएको बैठक आजका लागि सारेर एकताको प्रयास गर्ने भनिएपनि आवश्यक तयारी नपुगेकाले हिजोको बैठक आज सारिएको नेताहरू बताउँछन् ।
बैठकमा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल समूह अनुपस्थित छ ।