एमालेकाे निर्णय : भीम रावल निष्कासित, उषाकिरण र विन्दालाई ६ महिना निलम्बन

काठमाडौं । नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्कासन गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीविपरीत रहेको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको छ।

पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले बताउनुभयो ।

त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारको कामकारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको बहाले बताउनुभएको थियो ।

सचिवालय बैठकले संविधान संशोधन गर्न, संसदमा बिचाराधिन रहेका विधेयकलाई अन्त्य गर्नका लागि र बिभिन्न बिषयमा समान धारणा बनाउन चार–चार सदस्यीय दुईदलीय संयन्त्र बनाउने निर्णय गदै संयन्त्रको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुष २१ र २२ गते बोलाउने निर्णय गरेको छ ।

बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामका बारेमा जानकारी, यसअघि सचिवालय, स्थायी कमिटी तथा पोलिट्व्युरो बैठकले गरेका निर्णय अनुमोदन र समसामायीक प्रस्ताव सहितका चार वटा एजेण्ड तयार गरेको ज्ञवालीले बताउनुभएको थियो ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण