एमसीसीको विरुद्व काठमाडौंमा युवा संघको प्रदर्शन

काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ।

बिज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । युवा संघको केन्द्रीय कार्यालय बबरमहलबाट निष्केको र्याली नयाँ बानेश्वरमा पुगेर विरोध प्रदर्शनमा परिणत भएको थियो।
युवा संघ नेपालको गैरभौगोलिक प्रदेश कमिटीका अध्यक्ष एवं केन्द्रीय सचिव सुशिल भट्टराईको अध्यक्षतामा निष्केको र्यालीमा युवा फाँट इन्चार्ज दिलु पन्त, युवा संघका नेताहरु संजीप राई, नरेश गिरी, दिपक दुवाडी, तिर्थ श्रेष्ठ, भेषराज शाह, सन्तोष राई, बबिता पाण्डे लगायतको विशेष सहभागिता रहेको थियो ।
एमसीसी सम्झौताका सर्त संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने युवा संघको माग रहेको छ । यथास्थितिमै कुनै पनि हालतमा एमसीसी पारित गर्नुहुदैन भन्दै युवा संघ विरोधमा उत्रेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।
यस्तै युवा संघको वागमती प्रदेश कमिटीले एमसीसी विरुद्ध हस्ताक्षर संकलन गरेको छ । युवा संघका सचिव एवं बागमती प्रदेश कमिटीका अध्यक्ष फुवा लामाको अध्यक्षता र संघका इन्चार्ज रोशन थापाको विशेष सहभागितामा १० हजार भन्दा बढी हस्ताक्षर संकलन गरिएको छ । 
संकलित हस्ताक्षर आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाईने कार्यक्रम रहेको लामाले बताए । एमसीसी विरुद्ध आन्दोलन गर्दै आएको संघले त्यसका सर्त संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने पक्षमा रहेको छ ।
सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा युवा संघले देशैभरी विरोध प्रदर्शन गरिरहेको युवा संघ गैरभौगोलिक विशेष प्रदेश इन्चार्ज तिर्थ श्रेष्ठले बताए ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा