एमडीएमएस प्रणाली आजदेखि कार्यान्वयनमा; दर्ता नभएका मोबाइल बन्द हुने

बिज्ञापन

काठमाण्डाै ।नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ ।

बिज्ञापन

एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ ।

आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ ।  एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।

आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर नि:शुल्क दर्ता गराउन सकिन्छ ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै