एनआरएनए रोमानियाको महाधिवेशन सम्पन्न

रोमानिया । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ । महाधिवेशनले खगेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति २०२१–२०२३ सर्वसम्मत रुपमा चयन गरेको हो । कार्य समितिको बरिष्ठ उपाध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पा, उपाध्यक्ष गोपाल खड्का, महासचिव फुर्साङ लामा, सचिव प्रकाश चन्द, कोषाध्यक्ष बिजय कुँवर, सह–कोषाध्यक्ष सन्दिप शाह, युवा प्रतिनिधि सबिन आचार्य, महिला प्रतिनिधि शोभा मानन्धर निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अनिल खनाल, अनु खड्का, डिकेश मगर, ईशा श्रेष्ठ, सहिल हुसेन, नबिन कुमार नगरकोटी, गोमा थापा, आड्रीआन श्रेष्ठ, पदम श्रेष्ठ, बिष्णुराज पाण्डे, रमेश ढकाल, जेनी गुरुङ, जाङ्बो शेर्पा, सुमी शेर्पा र सचेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।

बिज्ञापन

गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका सह संयोजक शुक्रराज न्यौपानेको पहलमा महाधिबेशन सम्पन्न भएको थियो ।

राष्ट्रिय महाधिवेशनले एन.आर.एन.ए. रोमानियाका संस्थापक अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई प्रमुख संरक्षकमा र पूर्ब अध्यक्ष आलोक साहलाई संरक्षकमा चयन गरेको छ भने सुरेन्द्र गौतमलाई आईसीसी सदस्यमा र डा.अमित रिजाललाई सल्लाहकार पद तथा प्रवक्ताको रुपमा युवराज लामिछाने ‘प्रदीप’ लाई  चयन गरेको छ ।

बिज्ञापन

अधिवेशन रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको अध्यक्षतामा बुखारेस्ट स्थित नेपाली एभरेष्ट रेष्टुरेण्टमा सम्पन्न भएको थियो । समारोहको अन्त्यमा रेष्टुरेण्टका सञ्चालक तथा निर्बिरोध चयन हुनु भएका आईसीसी सदस्य सुरेन्द्र गौतमले एभरेष्ट रेष्टुरेण्टका तर्फबाट सम्पूर्ण सहभागीहरूलाई निःशुल्क जलपान तथा नेपाली संस्कृति र परम्परा अनुसार तयार गरिएका नेपाली परिकार एवं नेपाली खानाको ब्यबस्था गर्नु भएको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना