बुटवल । नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।
आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ए को विजेता बनेको हो । अब नेपाल औपचारिकताको लागि मात्र साउदी अरबिया संग खेल्नेछ ।
३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसियाको र हङकङको २–२ अङ्क छ ।
अन्तिम खेलमा नेपाल पराजित भए पनि नेपालको ६ अङ्क कायम रहनेछ । नेपालले भोलि साउदी अरेबियासँग खेल्दैछ ।
यो प्रतियोगिताको विजेता टोलीले एसियाकप खेल्न पाउनेछ ।