एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी

दाङ । एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् ।
एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले भने, ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन् । त्यसकारण हामी अरुभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’

बिज्ञापन

स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टी बाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको बताउँदै सहरी मन्त्री चौधरीले भने, ‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वाेच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजोर बन्दै गइरहेको छ । स्थानीय निर्वाचनमा एकैचोटी ३३ प्रतिशतले ओरालो लागेको एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्नेछ ।’
दुनियाँमा विद्रोह गर्नेहरु नै मुल धारको शक्ति भएको बताएका मन्त्री चौधरीले विद्रोह गर्नु भनेको कमजोर हुनु वा एक्लो हुनु नभएर दिनदिनै फैलदै जानु अथवा शक्तिशाली बन्नु रहेको धारणा सुनाए । थोरै मान्छेहरुले मात्र विद्रोह गर्ने र विद्रोह गर्नेहरुले इतिहास रच्ने बताउँदै उनले अगाडि भने, ‘हरेक युगमा विद्रोह भएको छ । दास युगमा विद्रोह भयो । सामन्ती युगमा पनि केहीले विद्रोह गरे । त्यसैले आज पुँजीवादी युग प्रारम्भ भएको छ । यो युगमा पनि फेरि विद्रोह अवस्य हुनेछ । यसरी विद्रोहबाट नै समाज परिवर्तन हुदै अगाडि बढ्छ।’

कार्यक्रममा प्रमुख अतिथि एवं एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्य तथा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्दीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, जिल्ला इन्चार्ज जोगबहादुर राणा लगायतले आआफ्ना धारणा राखेका थिए । साथै बैठकले आगामि निर्वाचनका लागि उम्मेदवार सिफारिस लगायत थप निर्णयहरु समेत गरेको छ ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन