एकादशीमा रेसुङ्गा पोखरीमा स्नान गर्न दिनभर नै श्रद्धालुकाे घुइँचाे

गुल्मी । हरिबोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा आज दिनभर श्रद्धालुहरूकाे घुइँचाे लाग्यो ।

पूजाआजाका लागि श्रद्धालुहरू बेलुकी अबेरसम्म पनि रेसुङ्गा क्षेत्रमा पुगेका थिए । रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशाला मन्दिरमा पुग्ने श्रद्धालुकाे चाप पनि उत्तिकै थियो ।

रेसुङ्गामा जङ्गलको बीचमा रहेको पोखरीमा स्नान र पूजाआजा गर्नका लागि गुल्मीसहित पाल्पा, बाग्लुङ, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट श्रद्धालु आउने गर्दछन् । हरिबाेधनी एकादशीको दिन रेसुङ्गा पोखरीमा स्नान गर्नाले चारधाम जान नपर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

मनोकामनासमेत पूरा हुने धार्मिक विश्वासका कारण रेसुङ्गा पोखरीमा स्नान गर्नेकाे घुइँचो लाग्ने गर्दछ । त्रेतायुगमा राजा दशरथलाई पुत्र नभएपछि यसै ठाउँमा आएर पुत्रेष्टि यज्ञ गरेपछि पुत्र लाभ भएको भन्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

रेसुङ्गा पुग्नका लागि सदरमुकाम तम्घासदेखि रेसुङ्गा पोखरीसम्म सडक कालोपत्र भएको छ । पक्की सडकको सहजै पहुँच भएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म यातायातको माध्यमबाट सजिलै रेसुङ्गा पुग्न सक्छन् । पोखरी क्षेत्र र मन्दिर परिसरभित्र रेसुङ्गा संरक्षण समितिले व्यापारीलाई माछामासु र जाँड–रक्सी बेच्न रोक लगाएको छ । ठूलो एकादशीको रूपमा समेत चिनिने हरिबाेधनीलाई गुल्मीमा विशेष महत्त्वको रूपमा मान्ने प्रचलन छ ।

यसैगरी कालीगण्डकी र रुद्रवेणी धाममा पनि बिहानैदेखि स्नान गर्ने, पूजापाठ गर्ने श्रद्धालुको घुइँचाे लागेको छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने