उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ७ लाई

देवदह– रुपन्देहीको देवदह नगरपालिका स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नंवर ७ ले हात पारेको छ।

देवदह खेल मैदानमा भएको क्रीकेट प्रतियोगितामा वडा नं १० लाई ६ विकेटले हराउँदै वडा नंवर ७ ले उपाधि जितेको हो ।  जितका लागि ८० रनको सामान्य लक्ष्य पछ्याएको वडा नं ७ ले ४ विकेट गुमाउँदै उक्त रन पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं १० ले निर्धारित २० ओभरमा अल आउट हुँदै ७९ रन बनाएको हो । वडा नं १० का लागि सन्तोष गुरुङले १४ र हेमु थापाले ११ रन बनाएका थिए । वडा नं ७ का खेलाडी बिकास श्रेष्ठले ४ ओभरमा १८ रन दिदै ३ विकेट, पुरन थापाले ३ ओभरमा १७ रन दिदै ३ विकेट लिएका थिए । त्यस्तै शिव ज्ञवाली र सुरज दराई मगरले २-२ विकेट लिएका थिए ।

दोश्रो इनिङ ब्याटिङ गरेको वडा नं ७ का लागि रोहित वाग्लेले २६ रन, बिनित कार्कीले १६ र सचिन पाण्डेले १२ रन हानेका थिए । बलिङ गर्दै वडा नं १० का लागि बिबस खातिले ४ ओभरमा २३ रन दिदै २ विकेट लिएका थिए भने अनुप राई र गोपाल राईले १-१ विकेट लिन सफल भए । सोही खेलको म्यान अफ दि म्याच वडा नं ७ का विकास श्रेष्ठ घोषित भएका थिए ।

देवदह नगरपालिका उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा, देवदह नगरपालिका वडा नं १० का वडा अध्यक्ष एक बहादुर सुनार , देवदह नगरपालिका वडा नं १० का वडा सदस्य अमर लामिछाने , देवदह क्रीकेट युनिटका अध्यक्ष अजय थपा मगर, युवा समाजसेवी सुरज खरेलले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैँया र दोश्रो हुनेले नगद १२ हजार ५ सय रुपैया सहित मेडल, ट्रफी र प्रमाणपत्र पाए ।

त्यस्तै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान रोहित वाग्ले , बेस्ट बोलर सुरज खड्का र ईमर्जिङ्ग पेलेर आसुतोस पाण्डेले नगद सहित ट्रफी उचाले। भने प्लेयर अफ दि सिरीज वडा नं १० का बिबस खातिले नगद ५ हजार सहित पुरुस्कृत भए । देवदह क्रीकेट युनिटले आयोजना गरेको प्रतियोगितामा जम्मा १६ टिमले प्रतिस्पर्धा गरेका थिए।  गत चैत्र २६ गते देखि प्रतियोगिता सञ्चालन भएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने