उद्योग संघकाे प्लाष्टिक वस्तुगत समिति संयोजकमा तेजनाथ तिमिल्सिना

बिज्ञापन

बुटवल ।रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको भेलाले सोमबार प्लाष्टिक वस्तुगत समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा प्रमुख अतिथि दिलिप सापकोटाले उद्योगीहरुका समस्या समाधानका लागि पहल गर्न सहज होस् भन्ने हेतुले वस्तुगत समिति गठन गरिएको हुँदा त्यसलाई क्रियाशील बनाउन प्लाष्टिक उद्योगीहरुलाई आग्रह गर्नुभयो । उहाँले संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिनुभयो ।

बिज्ञापन

भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले उद्योगीहरुका वस्तुगत समस्याहरुको पहिचानका लागि उद्योगीहरु आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउँदै बस्तुगत समिति संघको पिलरका रुपमा खडा हुनुपर्ने धारणा राख्नुभयो । वहाँले वस्तुगत समिति गठनको उद्देश्य, काम कर्तव्य र अधिकारहरुको सबन्धमा जानकारी गराउनु भएको थियो ।
वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालन तथा कोषाध्यक्ष युवराज आचार्यको धन्यवाद ज्ञापनमा सम्पन्न उद्योगीहरुको भेलाले त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सिनाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

गठित समितिको सहसंयोजकमा नेशनल पि.भि.सी.बोर्ड इण्डष्ट्रिजका शोभाखर भुसाल, सचिवमा महाकाली प्लाष्टिकका बिनित कसौधन र सदस्यहरुमा सत्यम पोलिमर्सका शिशिर पौडेल, एभरेष्ट एव्रासिभ एण्ड एलाइड इण्डष्ट्रिज (प्रा.) लि.का प्रदिप अधिकारी, इन्द्रेणी प्लाष्टिक उद्योगका धु्रब कोइराला, भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि.का अंमृत भुसाल, पूजा प्लाष्टिक इण्डष्ट्रिजका लोकनाथ भट्टराई, ग्लोबल फ्रेब्रिकेशन इण्डष्ट्रिजका बसन्त घिमिरे, चयन हुनुभएको छ ।

बिज्ञापन

भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हिरामणी भट्टराई, कोषाध्यक्ष युवराज आचार्य, सचिव सुमन बस्याल, कार्यसमिति सदस्य लाल प्रसाद बस्याललाई चयन गरेको छ ।
नव गठित वस्तुगत समितिका संयोजक तेजनाथ तिमिल्सिनाले भेलामा आफ्नाे भनाई राख्नुहुँदै संयोजकको जिम्मेवारी दिनु भएकोमा रुपन्देही उद्योग संघ तथा उद्योगी साथीहरुलाई धन्यवाद दिंदै प्लाष्टिकका उद्योगीका समस्यालाई संघसँग सहकार्य गरी समाधानको लागि हर प्रसासरत रहने छु भन्दै प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संघका महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेलबासे, संघका कार्यसमिति सदस्य प्रज्जवल थान्जु र प्लाष्टिक उद्योगीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व