उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

रुकुम । उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन् ।वर्षात् सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधन उत्तरगङ्गा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन् । अहिले उत्तरगङ्गा नदीको बहाव झन् बढेको छ ।

बिज्ञापन

अहिले रुकुमकोटबाट तकसेराका लागि जाने सवारीसाधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगङ्गा पारिपट्टिबाट अर्को सवारीसाधन फेरेर तक र त्यसभन्दा उतापट्टिका क्षेत्रमा जानुपर्ने अवस्था रहेको स्थानीय दिलु बुढाले बताइन् । उनका अनुसार मोटरसाइकल र पैदलयात्री भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन् । पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ । अहिले तकसेरामा सडक पुगेको १० वर्ष पूरा भइसकेको छ । अहिलेसम्म पुल नहुँदा उत्तरगङ्गा वारपारको अवस्था सहज नभएको स्थानीयवासीले बताएका छन् ।

मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको भए पनि उत्तरगङ्गा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ । यस वर्ष पनि उत्तरगङ्गाको बहाव बढेसँगै उत्तरगङ्गा पारिपट्टि चल्ने सवारीसाधनका लागि तकसम्म पुग्ने सवारीले तेल ढुवानी गरिदिएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले बताए । यो सहिद मार्गअन्तर्गतको रुकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगङ्गामा मुख्य सडक हो ।पुल निर्माणका लागि डिपिआर भइसकेको थियो । हालसम्म पनि पुल निर्माण हुनसकेको छैन । पुल बनाउने प्रक्रिया सुरु भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद् भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए ।

बिज्ञापन

अब भने छिट्टै पुल निर्माणको प्रक्रिया सुरु हुने अध्यक्ष घर्तीले बताए । पुल निर्माणका लागि डिपिआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेरा बीचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन