बुटवल उपमहानगरपालिका वडा नं 2 को उजिरसिह मावि मतादान केन्द्र मा शान्तिपुर्ण वातावरणमा मतदान भैरहेको छ । विहान 7 बजे बाट सुरु भएको मतदानमा मतदाताको उल्लेख्य उपस्थिति रहेको र कुनै भयरहित वातावरणमा मतदान भैरहेको मतदान केन्द्र सुरक्षा जिम्मेवारी पाएको नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक राज कुमार बिकले जानकारी दिनुभयो ।
निर्वाचनको दिन मतदान गर्न मतदाताहरु विहानै देखि लाईन बसेका छन । उजिर सिंह केन्द्रमा चार वटा मतदान केन्द्र राखिएको छ असहाय, असक्त, बृद्ध, बिरामी र गर्भवती महिलालाई लाईन बस्न नपर्ने ब्यवस्था गरिएको छ । फोटो सहितको मतदाता परिचयपत्र साथमा नभएको लाई समेत नागरिकता हेरेर मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदान साँझ 5 बजेसम्म चल्ने छ ।