ई-रिक्सा सञ्चालनका लागी अनुमतिपत्र लिनुपर्ने

बाँके । बाँकेको नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा ई-रिक्सा सञ्चालनका लागी अबदेखि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । उप महानगरपालिकाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ ट को खन्ड ४ र सोही ऐनको दफा ६४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कार्यविधी बनाएको हो ।

बिज्ञापन

उप महानगरपालिकासँग अनुमति लिनुपर्ने व्यवस्था कार्यविधीले गरेको छ । अनुमती नलिएका वा अन्यत्र दर्ता भएका रिक्सालाई सन्चालनमा रोक लगाउने भएको छ । नेपालगन्ज उप महानगरपालिकाले लगाएको नीतिनियम एकदमै राम्रो भएको ई–रिक्सा चालक परसुराम चौधरी बताउँछन् । ‘पहिला चाँही त्येतिकै व्यवस्था नगरी सबै ई–रिक्साहरुले चलाउने गर्दा निकैनै समस्या भयको थियो । अब नयाँ नियम बनेको छ । यसले हामी सबैलाई फाईदा हुन्छ ।’ उनले भने ।

१८ वर्ष उमेर नपुगेका र ६० वर्ष उमेर नाघेका व्यक्तीहरुले ई–रिक्सा,अटो कुनैपनि चलाउन नपाउने व्यवस्था गरिएको छ ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक राजु भन्डारीले बताए । ‘ई–रिक्सा,अटो चलाउनको लागी आवश्यक मापदन्ड पुरा गरेको नेपाली नागरीक र नेपालगन्ज उप महानगरपालिका भित्र दर्ता भएको मात्र चल्न पाउनेछन् । केही समयका लागी सचेतनाका रुपमा लैजाने र त्यसपछी नियम भित्र नआउनलाई कार्वाहीको चरणमा जान्छौं ।’ उनले भने ।

बिज्ञापन

धेरै ई–रिक्साहरु भएकोले तिनीहरुलाई नियन्त्रणमा लिने र सुचारु रुपले चलाउनको लागी कार्यविधी बनाईएको नेपलागन्ज उप–महानगरपालिकाका मेयर धवल शम्सेर राणाले बताए । ‘कार्यविधीमा नागरिकता हेर्ने, उनिहरुलाई सामान्य ट्रेनिङ् गर्ने र उप महानगरपालिकाले अस्थाई प्रमाणपत्र दिएर चलाउन दिने योजना बनाएका छौं । धेरै बुढो मान्छेहरुले पनि चलाउन गरेको, १२ पन्ध्र वर्षका केटाहरुले पनि चलाउने गर्नाले, दुर्घटना हुने धेरै सम्भावना भएकोले तालिम दिई लाईसेन्स दिएर मात्र चलाउने व्यवस्था मिलाउन लागेको छौं ।’, उनले भने ।

अब १ महिनाभित्रमा लागु हुनेगरी ई–रिक्सा,अटो चलाउनको लागी आवश्यक मापदन्ड पुरा गरेको नेपाली नागरीक र नेपालगन्ज उप महानगरपालिका भित्र दर्ता भएको मात्र चल्न दिने गरि उप–महानगरपालिकाले तयारी गरेको छ ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना