आधुनिक विकसित नेपाल कम्युनिष्ट पार्टीले मात्र बनाउँछ भन्ने प्रष्ट भयो : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिष्ट पार्टीले मात्रै सक्ने दाबी गर्नुभएको छ ।

बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिष्ट पार्टीले मात्र पूरा गर्छ । कम्युनिष्ट पार्टीबाट देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकासको माध्यमबाट अघि बढाउन, समृद्धि हासिल गराउन सम्भव छ ।’

ओलीले कम्युनिष्ट पार्टीले मात्र विकसित नेपालमा रुपान्तरित गर्न सक्छ भन्ने कुरा पुष्टि भएको जिकिर गर्नुभयो । ‘गरिबी, पछौटेपन, अशिक्षा र बेरोजगारीजस्ता कुरा हटाउन, देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिष्ट पार्टीले मात्र गर्न भन्ने कुरा केही वर्षयता झन् प्रष्ट देखियो,’ उहाँले भन्नुभयो, ‘यो देशको सार्वभौमसत्ता, स्वाधीनता, गर्वका साथ कुनै पनि देशसँग बराबरी सम्बन्ध राख्ने, राष्ट्रिय हितको संरक्षण गर्न, गुमेको भूभाग फिर्ता लिन कम्युनिष्टबाहेक कसैले सक्दैन भन्ने देखिएको छ ।’

भेलालाई सम्बोधन गर्दै वहाले – ‘हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ,’ उहाँले भन्नुभयो, ‘अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,’ उहाँले भन्नुभयो ।

कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको समेत आलोचना गर्नुभएको छ । ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोख्नु भएको थियो । ‘खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्‍यौं । करोडौं खोप ल्यायौं । अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,’ उहाँले भन्नुभयो, ‘मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजान्ने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ ।’

आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो ।

एमालेले बाटो, पुल बनाउने मात्र होइन सुरुङ केबलकारको युगमा नेपाललाई प्रवेश गराएको ओलीको दाबी थियो । ‘दुनियाँका पर्यटकहरु भैरहवामा झर्छन्, लुम्बिनी हेर्छन् । पर्यटक खुसी हुने खालका होटलहरु बनाउनुस्,’ उहाँले भन्नुभयो ।

वहाले एमाले फुटाएर काग्रेंसको पछिपछि हिड्ने माधवलाई कमरेड भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई साथीहरूले माधव कमरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कमरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कमरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कमरेड भन्छन् ? माधव नेपाल कमरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’

ओलीले अगाडि थप्नुभयो, ‘शेरबहादुर देउवाको पछिपछि लखरलखर गर्ने मान्छेलाई कमरेड भन्न मिल्दैन । जो पार्टी ध्वस्त गर्न लागेको छ, त्यो कमरेड हुँदैन ।’ नेपालले एमाले नेतृत्वको सरकार छँदा सँधै असहयोग गरेको ओलीले बताउनुभयो । ‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो ? सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो ? यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कमरेड भन्नुहुन्छ ?’

कार्यकर्ता भेलामा ओलीले एमाले पार्टी कब्जा गर्न, ध्वस्त पार्न, त्यो पनि नसके प्रतिक्रियावादीको पाउमा चढाउन माधव नेपालहरुले खोजेको भन्दै नेता कार्यकर्तालाई तपाईहरुले बचाउनुभयो सलाम छ भन्नुभएको थियो।

कार्यक्रमको बिचमा राष्ट्रिय कलाकार बेकुण्ठ महत र प्रिया भण्डारीको प्रस्तुतीले मनोरञ्जन समेत गराउनुभएको थियो ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना