आज सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

काठमाडौं। सुदूरपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। पहिलो पटक व्रत बस्नेले भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधानमा उल्लेख छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ । काठमाण्डौसहित मुख्य शहरमा बसोबास गर्ने सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले आफ्नो बसोबास रहेको ठाउँमा पर्व मनाउने गर्छन् ।

बिज्ञापन

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा गायक नन्दकृष्ण जोशीले बताउनुभयो । यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ ।

दुई/तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गरेका छन् ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना