आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालकाे जुनसुकै ठाँउबाट देख्न सकिने

काठमाण्डाै । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ । यस्तै, एसिया, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि ग्रहण देखिनेछ ।

यो चन्द्रग्रहण यस वर्ष अर्थात् २०८० मा लाग्ने एउटै ग्रहण हो । गएको वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने