आज राजवंशी समुदायले मनाए शिरुवा पर्व

काठमाडौं । आज राजवंशी समुदायले काठमाडौंमा  काद शिरुवा पर्व मनाएका छन् । उनीहरुले काठमाडौंको खुल्ला मञ्‍चमा विशेष कार्यक्रमको आयोजना गरी काद शिरुवा मनाएका हुन् ।

बिज्ञापन

कार्यक्रममा उनीहरुले एक अर्कालाई हिलो लगाइदिएका थिए । तराईका झापा, मोरङ, सुनसरी, जिल्लामा शिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले शिरुवा पर्व मनाउने गर्छन् ।

बिज्ञापन

नयाँ वर्षसंगै सुरु हुने पर्वका अवसरमा झापाका राजवंशीले काद शिरुवा खेल्छन् । माटोको हिलो बनाएर आपसमा शिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद शिरुवा’ खेल्ने गरिन्छ । माटोबिना जीवन चल्दैन भन्दै राजवंशी जातिले माटोको सम्मान स्वरुप काद शिरुवा खेल्ने गर्छन् ।

राजवंशी समुदायले शिरुवा पर्वलाई प्रमुख चाडका रुपमा मनाउने गर्छन् । राजवंशी समुदायले माटोलाई नै देवताको रुपमा मानेर पुज्‍ने भएकाले उनीहरु आफूलाई प्रकृति पूजक मानेर वैशाख १ गते हिलो खेलेर रमाउने गर्छन् ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर